विश्वविख्यात आरोही नेल्सन मृत फेला

काठमाडौं । मनास्लु हिमालमा गत सोमबारदेखि बेपत्ता विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको शव फेला परेको छ । अमेरिकी नागरिक नेल्सनको शव आज बिहान मृत अवस्थामा फेला परेको हो ।

मनास्लु हिमालमा स्की गर्ने क्रममा नेल्सन भिमाथाङ क्षेत्रबाट हराउनुभएको थियो ।

उहाँ हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएको थियो । उनीहरुले शव भेटेको खबर गरेपछि हेलिकोप्टर त्यसतर्फ पठाइएको छ । हेलिकोप्टरमार्फत् उहाँलाई गोरखाको सामागाउँ हुँदै काठमाडौं ल्याइने छ ।

Back to top button