आज एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो ३ बजे बस्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनुभयो।

बैठकमा आगामी चुनावको तयारी, टिकट वितरण लगायतबारे छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

गएको ३ असोजमा निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीलाई पनि अन्तिम रुप दिनेबारे छलफल हुनसक्ने ज्ञवालीले बताउनुभयो ।

यस्तै प्रत्यक्षतर्फको टिकट वितरणबारे पनि निर्णय हुने सम्भावना छ ।

Back to top button