तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौं । टोखा नगरपालिका–५ बसुन्धारा बस्ने सिता रायमाझीको घरमा तास खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका–१ बस्ने ७१ वर्षीय सुकमान लामा लगायत ६ जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९९ हजार रूपैयाँ, कौडा १६ थान र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

Back to top button