प्रधानमन्त्रीलाई मन्त्री गहतराजद्धारा नवौं राष्ट्रिय खेलकुदको निम्तो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले नवौं राष्ट्रिय खेलकुदको निम्तो दिनुभएको छ ।

आज प्रधानमन्त्री देउवालाई भेटेर मन्त्री गहतराजले असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म हुने खेलकुदमा सहभागिताका लागि निम्तो दिनुभएको हो ।

मन्त्री गहतराज र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ उहाँलाई निम्तो दिन बालुवाटारस्थित निवासमा नै जानुभएको थियो ।

यस्तै, नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयोजना हुँदैछ ।

Back to top button