रवि लामिछानेलाई डेंगु संक्रमण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ । आज लामिछानेले आफ्नो फेसबुक पेजमा आफूलाई संक्रमण देखिएको जानकारी दिनुभएको छ ।।

उहाँले लेख्नुभएको छ, ‘हिजो दिउँसोदेखि ज्वरो र शरीर दुखाईका लक्षण देखिन थालेको थियो । आज परिक्षण गराउँदा डेंगु देखियो । डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नुपर्ने भएकाले भरतपुर, तनहुँ, लम्जुङ, गोर्खा लगायतका कार्यक्रमहरुमा सहभागी हुन नसकिने कुराको जानकारी गराउँदछु।’

उहाँले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिनुभएको छ ।

Back to top button