अमेरिकी उपराष्ट्रपति कमला दक्षिण कोरियामा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरिया पुग्नुभएको छ । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दुरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक दिनपछि उहाँ दक्षिण कोरिया पुग्नुभएको हो ।

अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीप वरिपरि संयुक्त नौसैनिक अभ्यास गरिरहेका छन् । उहाँले दुई कोरियाली प्रायद्वीपलाई छुट्टयाउने गैरसैनिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ ।

उहाँ केही महिनाअघि हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुन टोकियो जानुभएको थियो।

Back to top button