देश बचाउन माझी खोज्नेहरू कांग्रेसी आँगनमा देउसी खेल्दैछन् : एमाले नेता बासकोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताउनुभएको छ ।

नेता बास्कोटाले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादीका नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गर्नुभएको छ ।

उहाँले आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ, ‘वालुवाटारमा रमिता छ । डेंगीको फैलावटले जनता हैरान छन् । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन् ।’

नेता बास्कोटाले नागरिक समाज समेत कुम्भकर्णको जस्तो निन्दामा रहको आरोप लगाउनुभएको छ । ‘देश जोगाउन माझी खोज्न हिडेकाहरु कांग्रेसी आगनमा देउसी खेल्दैछन् । रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ,’ बास्कोटाले भन्नुभएको छ ।

Back to top button