थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट २ हजार ६ सय ७८ नमूना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ३ सय ७ र एन्टिजेनबाट १ हजार ३ सय ७१ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २५ र एन्टिजेनबाट २० नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप ७० जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ७७ पुगेको छ।

Back to top button