लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरी उच्च स्रोतले सो घटनामा संलग्न ३ जना पक्राउ परेको पुष्टि गरेको छ । त्यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

यही असोज ४ गते बेलुकी मोटरसाइकलमा आएका ३ व्यक्तिमध्ये एकले मोहम्मदलाई गोठाटारको एक गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेका थिए ।

अज्ञात समूहको गोलीबाट मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएको छ ।

Back to top button