पार्टीभित्र शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र शुद्धिकरणको अभियान चलाउनुृपर्ने बेला आएको बताउनुभएको छ ।

आज काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीभित्र नयाँ संघर्षको बोध हुन लागेको बताउँदै पार्टी शुद्धिकरणका लागि अभियान आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘पार्टीभित्र शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको छ। पार्टिभित्र नयाँ संघर्षको बोध हुन लागेको छ। आफ्नै पार्टीभित्र विद्रोही गर्ने बेला आएको छ।’

यस्तै, उहाँले आफ्नो राजनीति गर्ने समय अब १० वर्ष मात्रै बाँकी रहेको बताउँदै कार्यकर्ताहरुलाई निराश बनाउने काम नगर्ने बताउनुभयो ।

Back to top button