वातावरणमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदीप यादव स्वदेश फिर्ता हुनुभएको छ ।

यही असोज ११ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन मन्त्री यादव आजै स्वदेश फर्किनुभएको हो । उहाँ असोज १० गते अमेरिका प्रस्थान गर्नुभएको थियो ।

मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्यास उत्सर्जन न्यूनीकरण गर्न राष्ट्रहरूले कस्ता प्राविधिक नीति बनाउने र मिथेनको प्रभावलाई न्यूनीकरण गर्दै यसको प्रयोग कसरी गर्नेलगायतका विषयमा छलफल गर्नुभएको थियो।

Back to top button