मिस कोशीको फाइनल भोलि : उपाधिको लागि २६ जना प्रतिस्पर्धी

विराटनगर । सातौं संस्करणको मिस कोशी प्रतियोगिताको फाइनल भोलि हुने भएको छ।

सुनसरीको इटहरीस्थित लायन्स क्लबको भवनमा साँझ साढे ५ बजेबाट प्रतियोगिता सुरु हुने भएको हो। फाइनलमा २६ जना प्रतियोगीहरुबिच प्रतिस्पर्धा हुने जनाइएको छ।

फाइनलमा ओखलढुङ्गाकी सम्झना बस्नेत, सोनिया राई, धनकुटाकी नुमाफुङ लिम्बु, मुना लिम्बु, अपसनी राई, लेटाङकी शिला गहतराज, स्मृति लामा (तामाङ), सिरहाकी ऐश्वर्या कुमारी सिंह, महोत्तरीकी सानी खातुन (नेहा), विराटनगरकी बबिता राय, निरिछा मण्डल र इनरुवाकी श्रुति कुमारी उरावँ हुनुहुन्छ ।

यस्तै, खोटाङकी चाँदनी राई, भोजपुरकी सपना राई, धरानकी गीता लिम्बु, निरुता राई, तृप्ता राई, ईशु मगर, तेह्रथुमकी विनिता लिम्बु (हाङमा), सुनसरीको रामधुनीकी भावना राई, सुन्दरहरंचाकी सफायर राई, भोजपुरकी समीक्षा श्रेष्ठ, इटहरीकी प्रतिभा थापा (एलिना), दिया घिमिरे, दुहबीकी सिर्जना लुइँटेल र सप्तरीकी दिव्यानी चौधरी पनि फाइनलको प्रतिस्पर्धी हुनुहुन्छ ।

फाइनलमा पुगेका प्रतियोगीहरूले यसअघि फोटोसुट र ट्यालेन्ट शो गरिसकेको जय मिडिया म्यानेजमेन्ट प्रालिकी सिइओ निशा खतिवडाले बताउनुभयो।

फाइनलमा छनौट हुनुभएका किशोरीहरूले बन्द प्रशिक्षणमा विभिन्न क्षेत्रका विज्ञहरूबाट प्रशिक्षणसमेत लिएको उहाँले जानकारी दिनुभयो।

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा प्रत्येक वर्ष मिस कोशी प्रतियोगिता हुँदै आएको छ। अहिले हुन लागेको प्रतियोगिता ७औं संस्करणको हो।

प्रतियोगिताको विजेताले स्कुटी र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गर्ने आयोजकले जनाएको छ।

Back to top button