कृषि विकास बैंकको कार्यालय सहायकमा ४८ जनाको माग, लिखितमा १४ जना मात्रै पास

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको कार्यालय सहायक पदको लिखित परीक्षामा २९ दशमलव १६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

लोक सेवा आयोग सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको लिखित परीक्षा नतिजा प्रकाशन शाखाका अनुसार ४८ पदका लागि १ सय ८४ जना सहभागी थिए ।

आयोगले शुक्रबार जारी गरेको नतिजा अनुसार १४ जना मात्रै लिखित परीक्षामा उत्तीर्ण भएका छन् । यस्तै अन्तर्वार्ताका लागि सम्बन्धित निकायमा सम्पर्क राख्न लोक सेवा आयोगले भनेको छ ।

 

Back to top button