बारामा सर्वेन्द्र खनाललाई ५१ किलोको माला लगाएर स्वागत

काठमाडौं । हालै नेकपा एमाले प्रवेश गर्नुभएका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बाराको पचरौतामा एमालेका नेता कार्यकर्ताले ५१ किलोको माला लगाएर स्वागत गरेका छन्।

राष्ट्रिय युवा संघ नेपाल पचरौता नगर कमिटीको प्रथम अधिवेशन तथा शुभकामना आदनप्रदान कार्यक्रममा सहभागी हुन आउनुभएका खनाललाई ५१ किलोको मालाले स्वागत गरिएको हो।

उहाँलाई नगरपालिकाका प्रमुख जलान्धर सिंह, वडाध्यक्ष लक्ष्मी यादवसहित नेताकार्यकर्ताले माला लगाइदिनुभएको थियो।

यसअघि युवा संघको प्रथम अधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज बलबिर चौधरी, पचरौता नगरपालिकाका नगर प्रमुख सिंह, एमाले युवा नेता पुरुषोत्तम साह, उमेश कुशवाहा लगायतले सम्बोधन गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकालाई नेता चौधरीले स्वागत गर्नुभएको थियो।

यसैगरी शुभकामना आदनप्रदानपछि सम्पन्न अधिवेशनले सुनिलकुमार यादवको अध्यक्षतामा ४७ सदस्यीय राष्ट्रिय युवा संघ पचरौता नगर कमिटी गठन गरेको छ।

पचरौतामा सर्वेन्द्र खनाललाई ५१ किलोको माला लगाएर स्वागत गरिँदै।

Back to top button