चितवनमा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

चितवन । मासु खाँदा घाँटीमा अड्किए पछि चितवनका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

हिजो साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि क्षेत्रीलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो।

क्षेत्रीको पुरानो मेडिकल कलेज पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

Back to top button