एमाले अध्यक्ष केपी शर्मा ओलीले दशैंको टिका दमक स्थित निवासमा लगाउने

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बडा दशैंको टिका दमक स्थित निवासमा ग्रहण गर्ने हुनुभएको छ ।

अध्यक्ष ओलीका बुबा मोहनप्रसाद ओलीबाट श्रीमती राधिका शाक्यसहित उहाँले उत्तम साइत ११ बजेर ५१ मिनेटमा दमक स्थित निवासमा टिका ग्रहण गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष दिपक कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार अध्यक्ष ओलीले विहान ९ बजे देखि १० बजेसम्म इच्छुक सर्वसाधरणलाई टिका लगाइदिने कार्यक्रम रहेको छ ।

तीन दिन देखि झापामा रहनु भएका अध्यक्ष अध्यक्ष ओली आज दिउसो २ बजे भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

Back to top button