भारतमा जन्ती सवार बस दुर्घटना, कम्तिमा २५ जनाको मृत्यु

भारतको उत्तराखण्डमा गएराति बस दुर्घटना हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ।

हरिद्वारको लालढांगबाट ५० जना जन्ती बोकेर काडागाउँ जाँदै गरेको बस पौडी गढवाल जिल्लामा दुर्घटनामा परेको हो ।

राति अँध्यारो खोचमा बस दुर्घटना भएको खबर पाएपछि स्थानीयवासीहरु गएर मोबाइलको लाइट बालेर उद्धार गरेका थिए।

राति १ बजे प्रहरीले दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरेर अस्पताल भर्ना गराएको छ। जसमध्ये केहीको अवस्था गम्भीर छ।

मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मध्यरातमा भएको दुर्घटनामा तत्काल उद्धारका लागि पुगेका प्रहरी र स्थानीयवासीलाई धन्यवाद दिनुभएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Back to top button