
काठमाडौं । एक किशोरीलाई बलात्कार गरेको आरोपमा क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले जिल्ला अदालत ल्याएको छ।
आज बिहान कार्यालय खुल्नेवित्तिकै प्रहरीले लामिछानेलाई जिल्ला अदालतमा ल्याएको हो। अदालतमा म्याद थप गर्ने तयारी भएको प्रहरी वृत्त गौशालाले जनाएको छ।
गत बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी समक्ष आत्मसमर्पण गर्नुभएका राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान लामिछाने प्रहरी वृत्त गौशालाको हिरासतमा हुनुहुन्छ ।
दशैं बिदाका कारण प्रहरीले म्याद थप गर्न नसकेको हो। आज अदालतबाट म्याद थप गरी लामिछानेसँग बयान लिन सुरु गरीने प्रहरीले जनाएको छ।
१७ वर्षीया किशोरीले बलात्कृत भएको भन्दै उहाँविरुद्ध २० भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन्।