कालिकोटमा मलामी गएका १५ जना बेपत्ता

कालिकोट । कालीकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् ।

शनिबार मृत्यु भएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएको बताइएको छ । घटनास्थलमा पुगेर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाइएको छ ।

Back to top button