
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।
हिजो प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले घट्दै ९५ हजार २ सय रुपैयाँमा झरेको हो ।
आज तेजाबी सुनको मूल्यसमेत तोलामा ८ सय रुपैयाँले घट्दै ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैयाँले घट्दै आज एक हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।