थप २७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार ५ सय ४६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टिजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६ जना सङ्क्रमणमुक्त बनेका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ६९ पुगेको छ । नेपालमा हालसम्म कोरोना महामारीमा १२ हजार १८ जनाले ज्यान गुमाइसकेका छन् ।

Back to top button