तोलामा १२ सयले घट्यो सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ।

सुन प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ। आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको आज प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ। चाँदी आज प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Back to top button