आज सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ। बैठकमा चुनावी रणनीति र जनता समाजवादी पार्टीका मन्त्रीहरुको विषयमा छलफल हुने बताइएको छ।

जसपाले चुनावमा एमालेसँग तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री हटाउन दवाव परेको छ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह हुनुहुन्छ ।

Back to top button