
काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टाचार भेटघाट गर्नुभएको छ । आज प्रधान सेनापति र राजदूतबीच जङ्गी अड्डामा भेट भएको हो।
नेपालका लागि मित्रराष्ट्र पाकिस्तानका महामहिम राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा भेटघाट गर्नुभएको हो ।
उक्त भेटघाटमा प्रधानसेनापति महारथी शर्माले महामहिम राजदूतले पूरा गरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना समेत दिनुभयो।
यस्तै, भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा उल्लेख छ।