
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
स्वास्थ्य स्थितिमा सुधार आएपछि राष्ट्रपति भण्डारी डिस्चार्ज भएको राष्ट्रपतिका जनसम्पर्क सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो।
गत शनिबार ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्या भएपछि राष्ट्रपति भण्डारी त्रि.वि. शिक्षण अस्पताल पुग्नुभएको थियो। परीक्षणको क्रममा उहाँलाई कोरोना संक्रमण पुष्टि भएको थियो।