
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहले सत्तारुढ गठबन्धनका नेताहरुसँग साँठगाँठ गरेर एमालेमाथि षड्यन्त्र गरेको आरोप लगाउनुभएको छ ।
महासचिव पोखरेलले प्रभु साहले जसपासँगको तालमेलप्रति आफू असहमत रहेको भनी दिएको अभिव्यक्ति गलत रहेको बताउनुभयो ।
नेता पोखरेलले जसपासँगको तालमेलको बैठकमा साह पनि सहभागी रहेको समेत प्रष्ट पार्नुभयो । पोखरेलले भन्नुभयो, ‘यस प्रकारको छलफल गठवन्धनका नेतासंगको षडयन्त्रपूर्ण साठगाँठनै हो । रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै बुझेका छन् । मधेस प्रदेशमा नेकपा (एमाले) र जसपा बीचमा भएको सहकार्य र तालमेललाई पूर्णरुपमा सफल बनाउ ।’
महासचिव पोखरेलले राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतिको जामा लगाउनुको अर्थ नहुने बताउनु भएको छ ।