दिपक मनाङे निर्विरोध

काठमाडौं । नेकपा एमालेको समर्थनबाट मनाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएका राजीव गुरूङ (दीपक मनाङे) निर्विरोध हुने हुनुभएको छ ।

अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रीसमेत रहनुभएका गुरुङ निर्विरोध हुने निश्चित भएको हो ।

दोर्जेले आज १० बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताउनुभएको छ ।

दोर्जे लामा गुरुङले मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश ‘२’का लागि स्वतन्त्र उम्मेदवारी दिएकोमा उक्त पदमा दीपक मनाङेलाई पूर्ण रूपमा समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको बिहान फेसबुकमार्फत जानकारी गराउनुभएको छ ।

एमालेकै पहलमा स्वतन्त्र उम्मेदवार दोर्जेलाई उम्मेदवारी फिर्ता गर्न लगाएको एमाले मनाङका सचिव एवं मनाङ प्रदेश ‘१’का उम्मेदवार राजनबहादुर गुरुङले बताउनुभएको छ ।

Back to top button