चितवनमा कांग्रेसका बागी कोइरालालाई एमालेको समर्थन

चितवन । चितवनको क्षेत्र नम्बर ३ मा नेकपा एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको छ। एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले कोइरालालाई समर्थन गर्नुभएको हो ।

उहाँको उम्मेदवारी अन्तिम समयमा पार्टीले नै पत्र पठाएर फिर्ता लिँदै कोइरालालाई समर्थन गरेको हो। कोइराला कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ ।

सोही क्षेत्रमा पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका डा.भोजराज अधिकारी, राप्रपाका बिक्रम पाण्डे उमेदवार हुनुहुन्छ । आज कोइराला समर्थन लिनका लागि बालकोट पुग्नुभएको थियो।

Back to top button