बारामा एकै परिवारका तीन जना मृत फेला

वीरगञ्ज । बारामा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

२५ वर्षीया सुजाता चौधरी, उहाँकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बारा जिल्ला प्रहरी कार्यालयका अनुसार प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँ भन्दा २ किलोमिटर उत्तरमा उनीहरुको शव भेटिएको हो ।

ढोरा खोला किनारमा तीन जनाको शव फेला परेको जानकारी दिउँसो साढे २ बजेतिर आएपछि प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरी कार्यालय बाराले जनाएको छ ।

Back to top button