सधैं जनताको साथमा रहनेछुः पर्शुराम बस्नेत (भिडियोसहित)

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत प्रदेश क्षेत्र नं. २ का नेकपा एमालेका उम्मेदवार कृष्ण बस्नेत (पर्शुराम) ले सदैव क्षेत्रका जनताको साथमा रहेर काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

कोशी सन्देशसँगको संक्षिप्त कुराकानीमा उहाँले जनताको ठूलो आकांक्षा नरहेको भन्दै केवल चुनावका बेला जनता खोज्ने जितेपछि मालिक बन्ने प्रवृत्तिको अन्त्य होस् भन्ने रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ आफ्नो प्रतिनिधि जनताको बिचमा रहोस, आइपर्ने समस्याको समाधान गरोस, मालिक प्रवृत्तिको अन्त्य होस भन्ने छ । म निरन्तर जनताको विचमा छु । जनताको त्यो विश्वासमा कुठाराघात हुन दिने छैन ।’

नेकपा एमालेले चुनावको तयारी मंसिर ४ पछि सरकारको नेतृत्व गर्ने गरि गरिरहेको भन्दै जनताको लहर पनि एमालेतिरै रहेको बताउनुभयो ।

‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रियआकांक्षा पूरा गर्न लाग्ने एमालेको मुख्य एजेण्डा रहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रको मुख्य एजेण्डा भनेकै रोजगारी, डुवानको समस्या मुक्त गर्ने रहेको बउताउनुभयो ।

उहाँले भन्नुभयो,‘प्रदेशसभाको सदस्यले गर्न सक्ने कति हो ? जनताले बुझेका छन्, मेरो भूमिका जनताको अपेक्षा अनुसार तीनै तहको सरकारसँग समन्वय गरेर यस क्षेत्रको विकासमा केन्द्रित रहने छ ।’

(हेरौं भिडियो )

Back to top button