कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा भोलि दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित हुनेछ। बैठकमा आगामी निर्वाचनको रणनीति र समसामयिक राजनीतिको विषयमा छलफल हुनेछ।

आगामी निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन्।

Back to top button