नेप्सेमा आज एकल अंकको वृद्धि, कारोबार रकम ८२ करोडभन्दा माथि

काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन पनि बढेको छ । साताको अन्तिम कारोबार दिन आज बजार ४ दशमलव १५ अंकले बढ्यो । बजार १८७० दशमलव ६३ बिन्दुमा पुगेको छ । कारोबार रकम भने आज समेत बढ्न सकेन ।

आज कुल २२२ स्टकको १७ हजार १४५ वटा कारोबारबाट २६ लाख ९८ हजार ३४७ कित्ता सेयर किनबेच भएको छ । यसदिन कारोबार रकम ८२ करोड ९६ लाख ४६ हजार ९२० रुपैयाँ भएको छ । आज जलविद्युत् उपसमूहबाट अन्य उपसमूह हरियाली रहे ।

सबैभन्दा धेरै विकास बैंकका लगानीकर्ताले कमाए । अभियान लघुवित्तमा लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लाग्दै मूल्य ६६७ दशमलव ९० रुपैयाँ पुग्यो । रुरु जलविद्युत् परियोजना, सामुदायिक लघुवित्त, शिवमः सबैको लुघवित्तसहितका कम्पनीको मूल्य धेरै बढ्नेमा रह्यो ।

यस्तै, सिटिजन्स म्युचुअल फण्ड, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट डिभेन्चरसहितको मूल्य धेरैले घटेको छ । नविल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, शिवम सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।

Back to top button