जनतालाई नेकपा एमाले र मैले धोका दिने छैनः लालबाबु पण्डित (भिडियोसहित)

विराटनगर । नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार लालबाबु पण्डितले नेकपा एमाले र आफुले जनतालाई कहिल्यै धोका नदिने बताउनुभएको छ ।

आज निर्वाचन क्षेत्र अन्तर्गत विराटनगर ५ को टोल भेलालाई सम्वोधन गर्दै उहाँले चुनाव जित्नकै लागि साडि र नरिवल बाँड्दै हिड्नेहरुबाट धोका हुने बताउनुभयो ।

‘पराजित मानसिकताले कतिपय नेताहरु नरिवल र साडी बाँड्दै हिड्नुभएको छ, त्यो पनि अपराध हो’ उहाँले भन्नुभयो,‘ केहि लोभलालचका भरमा भोट दिनेहरुले भोली पश्चाताप गर्नुको विकल्प नहुने समेत बताउनुभयो ।

आफुले चुनाव जितेर गएपछि यस क्षेत्रको तिब्रतर विकासका लागि प्रधानमन्त्रीको क्षेत्र सरह बजेट ल्याएको भन्दै अझै धेरै काम गर्न बाँकी रहेको अधुरा काम पूरा गर्नुपर्ने भएकाले आफुलाई जिताउन आग्रह समेत गर्नुभयो ।

हेर्नुहोस भिडियो

Back to top button