
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकमा आसन्न निर्वाचनको तयारीको सन्दर्भमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।
यस्तै, बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।