तोलामा एक सय रुपैयाँले घटयो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सून प्रतितोला एक सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० र तेजावी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुन तोलाको ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Back to top button