
काठमाडौं । थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार ६९ नमूना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९ नमूनाको परीक्षण गर्दा ४२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार थप २६ जना कोरोनामुक्त भएका छन्।
हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ सय ३८ पुगेको छ।