डेंगुले थप २ जनाको मृत्यु, मृतकको संख्या ४७ पुग्यो

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा डेंगुको संक्रमणबाट २ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ४७ पुगेको छ।

पछिल्लो एक दिनमा एक हजार ७ सय ८७ जना डेंगु संक्रमित थपिएका छन्। यससँगै कूल संक्रमतिको संख्या ३८ हजार ९ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो डेंगुको कूल संक्रमितको संख्या ३७ हजार १ सय ३१ जना थियो।

डेंगुको संक्रमण हाल ७७ जिल्लामै फैलिसकेको छ।

Back to top button