
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार गगनकुमार थापाले अबको १० वर्ष सक्रिय राजनीति गरेर राजनीतिबाट बिदा लिने घोषणा गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत ‘मेरो संकल्प अबको १० वर्ष’ शिर्षकमा एक भिडियो सन्देश जारी गर्दै १० वर्ष काम गर्ने र त्यसपछि स्विच अफ गरेर बाटो लाग्ने बताउनुभएको हो । उहाँले आफूले नयाँ मान्छेलाई स्थान दिने पनि उल्लेख गर्नुभयो।
थापाले भिडियो सन्देशमा भन्नुभएको छ, ‘म त जम्मा १० वर्ष हो। अब १० वर्ष काम गर्छु, मरेर जति सक्छु गर्छु। ठ्याक्क १० वर्षपछि स्विच अफ गरेर आफ्नो बाटो लाग्ने हो। मैले त नयाँ मान्छेलाई ठाउँ दिने हो ।’