संविधानको रक्षा र प्रतिगमनलाई रोक्न गठबन्धन बनेको होः कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले संविधानको रक्षा र प्रतिगमनलाई रोक्न गठबन्धन बनेकाले देशको आवश्यकता अनुसार गठबन्धन कायम रहने बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै महतले गठबन्धन अहिले पनि आवश्यकता रहेकाले चुनावपछि पनि निरन्तर अघि बढ्ने बताउनुभएको हो ।

संविधानलाई संस्थागतरुपमा कार्यान्वयन गर्न गठबन्धन प्रतिवद्धत रहेको उहाँको भनाइ छ। प्रवक्ता महतले स्वार्थ केन्द्रित भएर जसपा गठबन्धनबाट बाहिरिएको बताउनुभयो।

यस्तै, देशको विकास र स्थायित्वका लागि गठबन्धनको सरकारले मुलुकलाई आगामी दिनमा अघि बढाउने उहाँको भनाइ छ।

Back to top button