आईसीसी महिला यू–१९ क्रिकेट स्कलरसिप कार्यक्रमका लागि नेपाल छनोटमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले महिला यू–१९ क्रिकेट स्कलरसिप कार्यक्रमका लागि नेपाललाई छनोट गरेको छ ।

यो कार्यक्रम अक्टुबर २३ देखि २९ सम्म काठमाडौं र पोखरामा सञ्चालन हुने आईसीसीले जनाएको छ । जस अनुसार इंग्ल्याण्डको एमसीसीले नेपालको भ्रमण गर्ने छ र नेपाल प्रेसिडेन्ट ११ र नेपाल इमर्जिङ टिमसँग ३ वटा टी–२० खेल खेल्ने छ ।

यस्तै यो कार्यक्रम अन्तर्गन नै नेपालका कृतिका मरासिनी, आश्मा पुलामी मगर र सृष्टि जैशी सहित कतार, भुटान, यूएई र मलेसियाका १३ जना खेलाडीले पाकिस्तानी प्रशिक्षकसँग स्किल डेभलपमेन्ट सम्बन्धी तालिम पाउने हुनुभएको छ ।

गत जुनमा मलेसियामा भएको यू–१९ महिला विश्वकप छनोटमा गरेको प्रदर्शनका आधारमा यी खेलाडी छनोट भएको आईसीसीले जनाएको छ ।

यस्तै उहाँहरुलाई ब्याटिङ, बलिङ र फिल्डिङका साथै फिटनेशसम्बन्धी सम्बन्धित क्षेत्रका विज्ञले समेत तालिम दिने बताइएको छ ।

Back to top button