नवौं राष्ट्रिय खेलकुदः साइक्लिङमा आर्मीका राजेश र निश्मालाई स्वर्ण

कास्की । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङमा त्रिभुवन आर्मी क्लबका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जित्नुभएको छ ।

पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा आज भएको रेसमा राजेशले पुरुष डाउनहिल र निश्माले महिला डाउन हिलमा स्वर्ण पदक जित्नुभएको हो ।

राजेशले १ मिनेट ४९.१०२ सेकेण्डमा दूरी पुरा गर्दै स्वर्ण जित्नुभएको हो । यस्तै बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.०५ सेकेण्ड टाइमिङसहित रजत तथा एपीएफका प्रचित थापाले १ मिनेट ५५.६९२ सेकेण्डसहित कास्य जित्नुभयो ।

महिलातर्फ रेश्माले निर्धारित दुरी २ मिनेट २३.५८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्नुभएको हो । आर्मीकै उषा खनालले २ मिनेट ३७.४५ सेकेन्डको समय निकाल्दै रजत जित्नुभयो भने गण्डकीकी जमुना थापाले २ मिनेट ४०.०९ सेकेन्डसहित कास्य जित्नुभएको छ ।

Back to top button