
विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी मोरङका नेता मनोरथ भण्डारी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई आज नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।
लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहँदै आउनुभएका भण्डारी एमाले विभाजनपछि एकीकृत समाजवादी तिर लाग्नुभएको थियो ।
भण्डारी नेकपा एकीकृत समाजवादीका मोरङ जिल्ला कमिटी सचिवालय सदस्य र उर्लाबारी नगर इन्चार्जको जिम्मेवारीमा हुनुहुन्थ्यो ।