
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा बिहान निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको बिहान निधन भएको परिवारस्रोतले जानकारी दिएको छ ।
मुटु र प्रोष्टेटको समस्याबाट ग्रसित जोशीलाई कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा डेंगु संक्रमण पुष्टि भएको थियो ।
शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो ।
यस्तै अक्सिजन कमी भएर उहाँलाई सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएको थियो । उहाँको उपचारमा प्रा. डा. मिलेशजङ सिजापतिको संयुक्त टोली खटिँदै आएको थियो । किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उहाँकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।