
चितवन । नेकपा एमाले भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश बस्नेतले विपक्षीभन्दा तेब्बर बढी मतले विजयी हुने दाबी गर्नुभएको छ । स्थानीय पत्रकारहरुसँगको अन्तरक्रिया गर्दै उहाँले पछिल्लोपटक दोब्बर मतले विजयी भएकोमा यसपटक तेब्बर बढी मतले विजयी हुने दाबी गर्नुभएको हो ।
सता गठबन्धनले आफूलाई कुनै असर नपर्ने उहाँले बताउनुभयो। ‘गठबन्धन नेताहरुबीच मात्रै छ। कार्यकर्ताबीचमा कुनै गठबन्धन छैन। हामी उही कार्यकर्ताहरुलाई भेटिरहेका छौं र उनीहरु हामीप्रति सकारात्मक छन्,’ बस्नेतले भन्नुभयो।
उहाँले आफूले भक्तपुर क्षेत्र नं २ मा विकाशको लहर ल्याएको तर त्यसलाई कांग्रेसले रोकेको आरोप लगाउनुभयो। बस्नेतले आफू विजयी भएमा भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्लाको रुपमा विकास गर्ने पनि बताउनुभयो। भक्तपुरमा काम गर्दा एक पैसा पनि घुस दिन नपर्नेगरी सिंगो भक्तपुरलाई नै भ्रष्टाचारमुक्त जिल्ला बनाउने उहाँको भनाइ छ।