
काठमाडौं । थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार १ सय ६२ नमूना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६ सय ३४ र एन्टिजेनबाट ५ सय २८ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २८ र एन्टिजेनबाट ४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
मन्त्रालयका अनुसार थप ७ जना संक्रमणमुक्त भएका छन्।
हाल सक्रिय संक्रमितको संख्या ६ सय ६८ पुगेको छ।