एकैदिन १ हजार १ सय ११ जनामा डेंगु संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा डेंगु संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या ४० हजार २९ पुगेको छ।

हिजो ३८ हजार ९ सय १८ संक्रमित पुगेका थिए। हालसम्म डेंगु संक्रमणबाट ४८ जनाको मृत्यु भएको छ।

मन्त्रालयले डेंगुबाट बच्न फोहर जम्मा भएको ठाउँ सफा गर्न र पूरा बाहुला भएको कपडा लगाउन अनुरोध गरेको छ। विज्ञहरूले डेंगु जोखिम कायम रहेको भन्दै सचेत रहन आग्रह गरेका छन्।

Back to top button