
विराटनगर । विराटनगर–६ स्थित किड्स भिलेज स्कूलले विश्व खाद्य दिवसको अवसर पारेर पूर्वाञ्चल बाल आश्रमका लागि खाद्य सामग्री सहयोग गरेको छ ।
विराटनगर १३– स्थित आश्रममा रहेका ७४ जना बालबालिका तथा वृद्ध आमाहरुका लागि भनेर सम्पूर्ण विद्यार्थीहरूले घर– घरबाट संक्लन गरेको खाद्य सामग्री हस्तान्तरण गरिएको हो ।
विद्यार्थीहरुमा सहयोगी भावनाको विकास गराउन विद्यालयले बालबालिकालाई नै सम्लग्न गराई सहयोग जुटाउने र सहयोग गर्ने काम गरेको हो ।
खाद्य सामाग्री जुटाउन विद्यालयका अभिभावकको सहयोग उच्च रहेको भन्दै विद्यालयका प्रिन्सिपल बिजय दाहालले बालबालिकालाई सामाजिक बन्न उत्प्रेरित गर्ने विश्वास ब्यक्त गर्नुभयो ।
स्कूलका अध्यक्ष मदन खतिवडाले व्यक्ति व्यक्ति मिलेर गरिने सानो सहयोग पनि कसैलाई लागि ठूलो बन्ने बताउनुभयो । ४ बोरा चामल, ६ बोरा भुजा, २५ केजी दाल, ४० प्याकेट चिउरा, ७ काटुन चाउचाउलगायत उल्लेख मात्रामा चकलेट, तेल,बिस्कुट जस्ता सामग्रीहरु संकलन गरेर आश्रमलाई हस्तान्तरण गरिएको स्कुलका प्रबन्ध निर्देशक पंकजकुमार जैनले बताउनुभयो।