
विराटनगर । विराटनगर महानगरपालिका मेयर नागेश कोइराला र युरोपियन युनियन (ईयू)को टोलीबीच भेटवार्ता भएको छ ।
डा. जोइले हिभोनेटको नेतृत्वमा आएको टोलीले मेयर कोइरालासित भेटवार्ता गरेको हो ।
ईयूको टोलीले महानगरमा बालश्रम, मानवअधिकार र भौतिक विकासको अवस्था विषयमा चासो राखेको थियो । भेटमा महानगरका मेयर कोइरालाले विराटनगर महानगरपालिकाले बालश्रम न्यूनीकरणकालागि गरिरहेको प्रयास, भएको उपलब्धिसहित स्वास्थ्य र शिक्षाको क्षेत्रमा भइरहेका कामका विषयमा जानकारी गराउनुभएको छ ।
उहाँले महानगरले शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । यस्तै महानगरले स्थापना गर्ने सिटी अस्पताल निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो ।
भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नम्बर ३ का वडाध्यक्ष वासुबहादुर बस्नेत, इन्सेकका पूर्वाञ्चल प्रमुख सोमराज थापालगायतको सहभागिता रहेको थियो ।