
विराटनगर । धनकुटामा गुडिरहेको भ्यानमा आगलागी भएको छ । आज बिहान धनकुटाको साँगुरीगढी–६ भेडेटार नजिक चारखोलेमा गुडिरहेको भ्यानमा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार तरकारी बोकेर धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश नं.२, ०१००१ च २४१ नम्बरको गाडीमा आगलागी भएको हो । सो भ्यान बिहान २ः२० बजे आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट ध्यानको इन्जिनसहित अघिल्लो भागमा पूर्णरुपमा क्षति भएको छ । गुडिरहेको बेला अकस्मात वायरिङ सट भई आगो लागेको प्रहरीले जनाएको छ ।
गाडीमा सवार २ जना सकुशल छन् । गाडी चालक सिरहा मिर्चैयाका अनिश दर्लामीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।