आज ६७ औं प्रहरी दिवस

काठमाडौं । आज ६७ औं प्रहरी दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै छ ।

नेपाल प्रहरीले दिवसको अवसरमा आज विषेश कार्यक्रम गरेको छ। नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको गरेको हो।

हरेक वर्ष वर्षभरिमा उत्कृष्ट काम गरेका सकल दर्जालाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्दै आएको छ । आज प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी सुदिप गिरीलगायत करिब २५ जना सकल दर्जालाई पुरस्कृत गरिएको छ। डीएसपी अनिल घिमिरेले पूर्ण शान्ति पुरस्कार पाउनुभयो।

विशेष ब्यूरोमा कार्यरत प्रहरी उपरीक्षक (एसपीं) सन्तोष खड्काले सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्राप्त गर्नुभएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय अनारमनिका इन्चार्ज रुगम कुँवरलाई उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृत गरिएको छ। प्रधानमन्त्री देउवाले उनीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो । यस्तै, नेपाल प्रहरी २०१२ सालमा स्थापना भएको थियो ।

Back to top button